२०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषदले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन् । २०५२ देखि चलिरहेको राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपी को सहयोगमा चलिरहेको शिक्षाका लागि खाद्य परियोजना पनि प्रभावित हुने भएको छ ।

यो कार्यक्रमअन्र्तगत २ लाख ६० हजार बालबालिकाले दिवाखाजा पाउँदै आएका छन् । सविधानले प्राथमिक शिक्षालाई अनिवार्य र माध्यमिकलाई निशुल्क गरेलगत्तै सरकारले दिवाखाजा कार्यक्रम कटौती गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया