लौकही । सुनसरीको कोशी गाउँपालीका मा ४० दिने शिक्षक सेवा आयोगको तयारी कक्षा सम्पन्न भएको छ । कोशी गाउँपालीकाको कार्यालय लौकहीको सहयोग तथा एस.एल.सी.नेपालको आयोजनामा शिक्षक सेवा आयोगको तयारी कक्षा सम्पन्न भएको हो । एस.एल.सी.नेपालका संयोजक हजरत हुसेनका अनुसार ब्रीलियेन्ट ईन्स्टिच्युट इनरुवाको सहकार्यमा ४० दिने शिक्षक सेवा आयोगको तयारी कक्षामा कोशी गाउँपालीका क्षेत्रका ५५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियोे ।

४० दिनको प्रशिक्षणको क्रममा सहभागी प्रशिक्षार्थी लाई उत्तर लेख्ने शैली,महत्त्वपूर्ण प्रश्नहरु कसरी छनोट गर्ने लगायतको बारेमा ईश्वर पण्डित,उमेश प्रसाद यादव,सुनिल पासाङ लगायत प्रशिक्षकले जानकारी गराएको आयोजक संस्थाका दिनेश साहले बताए । । कार्यक्रम आयोजक समितिका हजरत हुसेनको अध्यक्षता तथा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।

समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गाउँपालीका अध्यक्ष अन्सारीले शिक्षा क्षेत्रको विकास भए मात्र अरु क्षेत्रको विकास कार्य गर्न सहज हुने बताए । आफूले चुनावको बेला गरेको प्रतिबद्धता अनुसार बेरोजगारीको समस्या समाधान गर्न आफू लागी परेको बताए । खासगरी अहिले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा आफू केन्द्रित भएको बताए । अध्यक्ष अन्सारीले तालिममा सिकेर मात्र उतिर्ण नहुने बताउदै सहभागी प्रशिक्षार्थीलाई कडा परिश्रम गर्न सुझाव दिएका थिए । समापन कार्यक्रममा धर्मेन्द्र बिश्वास,उमेश यादव,पत्रकार मिकाइल आलम,अजित झा,ब्रीलियेन्ट ईन्स्टिच्युट इनरुवाका संचालक ईश्वर पण्डित,सुमन मण्डल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया