इनरुवा। ३९औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय शिक्षा साक्षरता दिवसको अवसरमा इनरुवामा विविध कार्यक्रम गरिएको छ । इनरुवा नगरपालिकाको आयोजनामा बकतृत्वकला सहितको कार्यक्रम आयोजना गरिएको छ ।

नवयुग सामूदायिक अध्ययन केन्द्र बलाहाको ब्यवस्थापन र समन्वयमा आयोजित कार्यक्रममा समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति एवम् दिगो शैक्षिक पूर्वाधार विषयक बकतृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । नगरभित्रका संस्थागत र सामूदायिक गरी १९ विद्यालयको सहभागिता रहेको प्रतियोगिताका बिजेतालाई कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो ।

त्यसैगरी सोही कार्यक्रममा सेवा निवृत ५ जना शिक्षक सहित कक्षा ८ को परिक्षामा सर्वोत्कृष्ठ हुने ४ विद्यार्थीलाई समेत सम्मान गरिएको कार्यक्रमका अध्यक्ष खेमराज पोखरेलले बताउनुभयो । कार्यक्रममा सांसद सीताराम मेहता, नगर प्रमुख राजन मेहता, प्रमुख प्रशासकीय अधिकृत टुबराज पोखरेल, शिक्षा बिकास तथा समन्वय समितिका प्रमुख गोविन्दप्रसाद पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले गुणस्तरीय शिक्षामा जोड दिनुकासाथै, स्रोत साधनको पर्याप्तता सहित बिद्यार्थीको हीतकालागि नियमित अतिरिक्त कृयाकलापको व्यवस्था गरिनु पर्ने जस्ता कुरामा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया