इनरुवा/१ सय ५ औं विपी जयन्तीका अवसरमा नेपाली कांग्रेस सहित उसको भातृ संगठनहरुले आज मुलुकभर विभिन्न कार्यक्रम गरेका छन् ।
दिवसको अवसरमा इनरुवामा भने भिन्न कार्यक्रमको आयोजना गरिएको छ । रक कन्सर्ट आयोजना गरेको नेपाली कांग्रेस इनरुवा नगर समितिले संगितका माध्यमबाट विपी जयन्ती मनाएको छ । बिहान इनरुवा अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेको नगर समितिले दिउँसो भने सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।


टनटनापुर घाममा इनरुवा खेल मैदानमा आयोजित कार्यक्रममा सामूहिक तिज तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला, प्रदेश सांसद ज्योति सुब्बा सहित इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले नगरभित्रबाट एसईई उत्तिण विद्यार्थीहरुलाई सम्मान गर्नु भएको थियो ।


बिपी जयन्तीका अवसरमा इनरुवामा पहिलो पटक आयोजिक रक कन्सर्टमा विभिन्न सांस्कृतिक प्रस्तुती पस्किएको थियो ।
सांगितिक माहोलबाट विपी चिन्तन र विचार जनमनमा फैलाउने उद्येश्यसाथ कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस नगर समिति सचिव धिरज भट्टराईले बताउनुभयो ।कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान परिस्थितीमा बिपीको बिचार र राजनैतिक दर्शनको महत्व र आवश्यकताका बारेमा धारणा राखेका थिए । कार्यक्रममा इनरुवा नगरपालिका उपप्रमुख जमुना गौतम पोखरेल सहित सांसद सीताराम मेहता लगायत कांग्रेत नेता तथा अगुवा सहितको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया