लौकही । बीपी बाट आफूलाई राजनीति गर्ने प्रेरणा मिलेको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अध्यक्ष अन्सारीले बताएका छन् । १ सय ५ औं बीपी जयन्तीको अवसरमा बोल्दै सभापति अन्सारीले सो कुरा बताएका हुन । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र ४ ले गरेको मैनबती प्रज्वलन कार्यक्रममा बोल्दै क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले बीपीले देखाएको बाटोमा नेपाली काङ्ग्रेस पार्टी कटिबद्ध भएर लागेको बताएका थिए ।

अन्सारीले बीपीको सिद्धान्त अनुसार सबै लाई साथ लिएर हिड्ने नेपाली काङ्ग्रेस पार्टीको मुख्य उद्देश भएको बताए । आइतबार नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले बीपी जयन्तीको अवसरमा मैनबत्ती प्रज्वलन गरी बीपी जयन्ती मनाएको हो । उक्त कार्यक्रम नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियोे । उक्त कार्यक्रम नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ अर्का अध्यक्ष सदान्नद मण्डल,धर्मेन्द्र बिश्वास,सहित सयौं नेताकार्यकर्ताको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया