- दिलिप कुमार साह

राजविराज । भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउँदै गरेका अबैद्य समान इलाका प्रहरी कार्यालय बोदेबर्साइनले बरामद गरेको छ ।
जिल्लाको बोदेबर्साइन नगरपालिका–६ स्थित कुसमहारबाट इलाका प्रहरी कार्यालय बोदेबसाईनबाट खटिएको टोलीले बीआर ३२ डी ०५३६ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको सेतो गन्जि एक सय ६० थान र पेन्टि तीन सय ४० थान सहित मोटरसाइकल बरामद गरेको हो ।

मोटरसाइकल सहित अन्दाजी रु. एक लाख एक हजार छ सय रहेको छ । उक्त समान आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । त्यसैगरी जिल्लाको सुरुङ्गा नगरपालिका –३ लक्ष्मीपुर चौक स्थित यमनाथ राईको होटलबाट करिब ४५ लिटर घरेलु मदिरा बरामद गरेको छ । बरामद गरिएको मदिरा सोही वडाको वडा अध्यक्षको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया