- अच्युत भट्टराई

बराहक्षेत्र ।प्रबिधिले निकै फड्को मारिसकेको छ , प्रत्येकका हात हातमा मोबाइल छन् । तर अझैसम्म चमराले भने रेडियो छोड्न सकेका छैनन् । सुनसरीको बराहक्षेत्र ४ दुबियाहीका चमरा मुसहर टोलमै पहिलो रेडियो बोक्ने ब्यक्ति भनेर चिनिएका छन् । २०३८ सालमा बराहक्षेत्र ५ सिमरवनका बिश्वकर्मा थरका मानिस ( नाम बिर्सेको ) संग एउटा गोरु दिएर लाइसेन्स सहितको रेडियो साटेको उनि बताउछन् ।

त्यति बेला रेडियो बजाउनलाइ लाइसेन्स चाहिन्छ भन्ने कुरा चमरालाइ पहिले नै थाह थियो त्यसैले रेडियो लिदा उनले लाइसेन्स माग्न भुलेका थिएनन् । त्यो बेला रेडियो बजाउने मान्छेलाई गाउँमा निकै मान्ने गर्थे , बेलुका रेडियो सुन्न आउने मानिसहरुको निकै भिड्भाड नै लाग्थियो । रेडियो सुन्न आउने मानिसहरू बज्न थाले पछि सबै चुप चाप लागेर सुन्ने गर्थे ।

रेडियो भने पछि कस्तो हुदो रहेछ ?, कसरि बोल्छ जान्न मन लागेको थियो त्यसैले आफू पनि बेला बेलामा आउने गरेको स्थानीय दिपिया सदा बताउछन् । दुखको कुरा रहरले ल्याएको रेडियो ८ महिना बजाए पछि चोरी भयो । रेडियो सुन्ने नसा लागेका चमराले फेरि ३ महिना पछि अर्को सानो रेडियो किनेका थिए । त्यो बेला उनी १५ बर्षका थिए । परिवारमा दैनिक ज्याला मज्दुरी नगरि छाक टर्दैन थियो त्यसैले उनले २ कक्षा भन्दा माथी पढ्न सकेनन । आफू नपढे पनि दुख कष्ट गरेर उनले छोरा छोरी पढाएका छन ।

तपाईको प्रतिक्रिया