इनरुवा। नेपाली काङग्रेसका सह महामन्त्री प्रकाश शरण महतले अहिलेको सरकार कर बढाउन र भ्रष्टाचारीलाई प्रशय दिने काममा उद्दत रहेको बताउनुभएको छ । प्रेस युनियन सुनसरीले मङगलबार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै सहमहामन्त्री महतले सो कुरा बताउनुभएको हो ।

उहाँले एयरलाइन्स प्रकरणमा जहाज खरिद गर्दा बिचौलिया हाबी भएको घटनाले अहिलेको सरकारले भ्रष्टाचारीलाई प्रशय दिएको कुराको प्रष्ट भएको बताउनुभयो । नेता महतले विवादित दिगम्बर झालाई दुरसंचार प्राधिकरणको प्रमुखमा नियुक्ति गरिनुले भ्रष्टाचारलाई सरकार प्रसय दिएको स्पष्ट भएको उहाँको भनाइ थियो ।

सरकारको आलोचनामै समय खर्चेका महतले सरकार उत्पादनमा भन्दा बितरणमा जोड दिन लागि परेको बताउनुभयो । पार्टी पंति भित्र ब्याक्तीबादी चरित्र हाबी भएको भन्दै उहाँले अब हुने महासमितिको बैठकले पार्टीलाई पुनर्जीवन दिने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पार्टिकरण प्रक्रियामा अगाडि बढेको दाबी गर्नुभयो ।

उहाँले अहिलेको ओली नेतृत्वको सरकारसंग जनता वाक्क भइसकेको बताउनुभयो । नेकपाले चुनावको अवसरमा बाडेका भुटा आश्वासन अहिले आएर झुटा साबित भएको समेत बताउनुभयो । नेता महतले नेकपा एमालेले निर्वाचनको बेला जनतालाइ बाडेको झुठा अश्वासनको फेसला जनताले नै गर्ने भएकाले आगामि ४ बर्षमा जनताले यसको फैसला गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा काग्रेस महासमिति सदस्य राजिव ढुंगान काग्रेस नेता रोहित प्रसाई लगायतका नेताहरुको सहभागीता रहेको थियो । कार्यक्रम प्रेस युनियन सुनसरी शाखाका अध्यक्ष गणेश निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया