सप्तरी, २८ भदौ । कञ्चनरूप नगरपालिकाका स्वास्थ्य संयोजक तथा सिनियर अहेब डम्बरप्रसाद गुप्ताले मौसम परिवर्तनसँगै आउन सक्ने ज्वरो, रुघाखोकीलाई बेवास्ता नगर्न आग्रह गरे ।‘सय डिग्रीभन्दा माथिको ज्वरो, रुघाखोकी, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा गएर जाँच गर्नुपर्छ’ गुप्ताले भने ।

त्यस्ता लक्षण भएका व्यक्तिले प्रशस्त मात्रामा झोलिलो पदार्थ खाने, हावा आवतजावत हुने खुला ठाउँमा बस्ने, सरसफाइमा ध्यान दिने र मास्क लगाएर हिँड्ने गर्नुपर्छ । स्वास्थ्य शिविरमा रगतको नमुना संकलन गरिएकामध्ये एकजनामा भाइरल इन्फ्लुएन्जा एचवानएनवान र १० जनामा एचथ्रीएनटु पोजिटिभ पाइएको कञ्चनरूप नगरपालिकाका स्वास्थ्य संयोजक सिनियर अहेब डम्बरप्रसाद गुप्ताले जानकारी दिए ।

प्रयोगशालाको विस्तृत प्रतिवेदन बिहीबारसम्म आउने गुप्ताले बताए । एचवानएनवान पोजिटिभ भेटिएका बिरामीलाई पनि सामान्य इन्फ्लुएन्जा भएको उनको भनाइ छ । नयाँ पत्रिका दैनिलके समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia