हेटौँडा। जनता आवास कार्यक्रम अन्तर्गत मकवानपुरका चेपाङ समुदायकालागि पाँचसय घर बन्ने तयारी भएको छ । तर वजेट निकासामा ढिलाई भएपछि निर्माणको काम शुरु हुन सकेको छैन ।

संघीय सरकारले चेपाङ समुदायका लागि भवन निर्माण गर्न प्रदान गर्दैआएको जनता आवास कार्यक्रम चालु आर्थिक वर्षबाट हटाएको छ । गत आर्थिक वर्षमा मकवानपुरका पाँचसय चेपाङ समुदायलाई जनता आवास कार्यक्रम अन्तर्गत रकम विनियोजन गरिएको थियो । आजाको गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया