- मनोज भुजेल

इटहरी । सुनसरीमा जनप्रतिनिधिकै संलग्नतामा गैर नेपालीलाई नागरिकता दिइएको खुलासा भएको छ । हरिनगर गाउँपालिका ३ का वडाअध्यक्ष अरविन्दकुमार मेहेता आर्थिक प्रलोभनमा परी भारतिय नागरिक सन्तोष कुमार साहले २०७५ जेठ २३ गते इलाका प्रशासन कार्यालय हरिनगराबाट नेपाली नागरिकता लिएका हुन् । नागरिकता लिने साह भारत बिहार राज्यको अररिया जिल्लाको फुलकाहाका नागरिक हुन । उनको भारतिय निर्वाचन आयोगको परिचय पत्र समेत छ ।

हरिनगर गाउँपालिका ३ नं वडाको ठेगानाबाट नेपाली नागरिकता प्रमाणपत्र लिएका र उनलाई नागरिकता बनाउन सिफारिस गर्ने व्यक्ति समेत भारतीय नागरिक हुन । सिफारिस गर्नेमा कारी साहका छोरा उदयचन्द्र साह हुन । साहले पनि २०६३ सालमा साविकको पश्चिमकुशाहा गाविसबाट टोलीमार्फत नागरिकता लिएका थिए । यस्तै उदयचन्द्र साहको भारतीय नागरिक समेत रहेका छोरा गुरुदयाल साहका नामबाट सन्तोषकुमार साहले नागरिकता लिएका हुन ।

वडाअध्यक्ष अरविन्दकुमार मेहताले भने आफुले बावु छोरा उदयचन्द्र र सन्तोष भन्ने गुरुदयाल साहलाई चिनेको हुँदा उनीहरुले बसाईसराई गरी हरिनगर ३ मा आएको कागजपत्र, जग्गाधनी प्रमाणपुर्जा, जन्मदर्ता, बंशजको नेपाली नागरिकता लगायतका कागजका आधारमा नेपाली नागरिकताका लागि सिफारिस गरेको बताए । गैर नेपालीले नागरिकता लिएको भन्दै हरिनगरा ३ गौतमपुरका विरेन्द्रकुमार भगतले जिल्ला प्रशासन कार्यालय सुनसरीमा दिएको उजुरी पछि घटना बाहिरिएको हो । साह इटहरीका साईकल व्यवसायी हुन ।

गैर नागरिकलाई नागरिकता दिएको बिषयमा हरिनगर गाँउपालिकाका अध्यक्ष गफार अन्सारीले वडाध्यक्षले लिगल हिसाबले सिफारिस दिएको बताए । सिफरिस लिन आउदा साहको बुवाको वशंजको नागरिकता, धनिपुर्जा र भोटर आईडी समेत नेपाली रहेको बताए ।

‘साहको २०४८ को जन्मदर्ता लगायतका आधारमा वडाध्यक्षले सिफारिस दिएका हुन’ उनले भने ‘तर साहको भारतिय रासन कार्ड र भोटर आईडी रहेको देखियो’ । अन्सारीले सिफारिस दिएको बिषयमा गाँउपालिकाको तर्फबाट अनुसन्धान गर्ने जानकारी दिए ।पुर्वेली न्युजको सहयोगमा

तपाईको प्रतिक्रिया