- दिलिप कुमार साह

राजविराज। नेपालबाट भन्सार छली अवैध रुपमा भारत तर्फ लैजादै अवैध मदिरा सप्तरी प्रहरीले बरामद गरेको छ । मदिरा जन्य पदार्थको सेवनका कारण समाजिक विकृति बढेको आलोचना हुन थालेपछि प्रहरीले अवैध मदिरा नियन्त्रण गर्न थालेको हो । बुधवार जिल्ला प्रहरी कार्यालय परिसरमा सञ्चारकर्मीहरुको रोहबरमा प्रहरीले भारतीय सिमानाका आसपासबाट सोफीया र कस्तुरी नाम मदिरा गरी पाँच÷पाँच हजार बोतल बरामद गरिएको अवैध मदिरा नष्ट गरिएको छ । पछिल्लो समय जिल्लामा बढ्दो रुपमा देखिएको बलात्कार लगायतका अपराधिक घटनाहरु हुनुमा मदिरा जन्य पदार्थ नै प्रमुख कारक तत्व रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।

तपाईको प्रतिक्रिया