- दिलिप कुमार साह

राजविराज । छिन्नमस्ताको सखडास्थित छिन्नमस्ता सखडेश्वरी मंदिरमा ग्रिन नेपाल राजविराजले बुधबार सरसफाइ गरेको छ । विश्व सरसफाइ दिवस २०१८ को अवसरमा देशभर सञ्चालित साप्ताहिक सरसफाइ कार्यक्रमअन्तर्गत सखडेश्वरी मंदिरमा सरसफाइ गरिएको हो । ग्रिन नेपालको केन्द्रीय कार्यालय राजविराज तथा सखडा शाखाको आयोजनामा भएको सरसफाइको क्रममा मंदिरसँगैको शान्ति सागरसमेत सरसफाइ गरिएको जनाइएको छ ।

संघीय सरकारको वन मन्त्रालयमातहतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको आह्वानमा आइतबारदेखि शनिबारसम्म निर्धा्रित सरसफाइ कार्यक्रमअन्तर्गत ग्रिन नेपालले सातदिने कार्यक्रम तय गरी सरसफाइ सप्ताह मनाएको संस्थाका अध्यक्ष खेलानन्द कुमार दासले बताउनुभयो ।
सखडा मंदिर सरसफाइका अवसरमा मंदिरका पीठाधीश महाकान्त ठाकुर, अन्तर पार्टी महिला सञ्जालकी सप्तरी जिल्ला अध्यक्ष सुनिता साह, सीमा प्रहरी बल गोविन्दपुरका प्रहरी अधिकारी एवं जवानहरू, स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरू, ग्रिन नेपालका स्वयंसेवकलगायत स्थानीय युवाहरूको सक्रियतामा सरसफाइ गरियो ।

सो अवसरमा ८२ वर्षीय महावीर मण्डलले शान्तिसागरमा आफ्नो जलसाधना प्रदर्शन गरेका थिए । राजविराज ६ निवासी मण्डलले आफ्नो शरीरलाई चलमल नगरी आधा घण्टासम्म शान्तिसागरको पानीमाथि उत्रिएका थिए । यसअघि ग्रिन नेपालले मंगलबार राजविराजस्थित गजेन्द्र स्मारकमा, सोमबार राजविराज ७ स्थित रमेश नारायण दास आदर्श विद्या मंदिरमा सरसफाइ र आइतबार राजविराज नगरपालिकाको हटिया तथा छिन्नमस्ता गाउँपालिकाको सखडा बजारमा घरघरमा सरसफाइका लागि घरदैलो गरेको थियो ।

भाद्र २४ देखि ३० गतेसम्म सञ्चालन भइरहेको साप्ताहिक सरसफाइ कार्यक्रमअन्तर्गत बिहीबार राजविराज ६ स्थित पूर्णीपोखरीमा, शुक्रबार राजविराज मेनरोडमा र शनिबार विश्व सरसफाइ दिवसको दिन राजरंगशालामा ¥याली सहितको सरसफाइ कार्यक्रम रहेको ग्रिन नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia