- दिलिप कुमार साह

राजविराज । जिल्लाको कञ्चनरुप नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुको संक्रमण बढेपछि सो क्षेत्रलाई विपद क्षेत्र घोषणा गरिएको छ ।
कञ्चनरुप नगरकार्यपालिकाको विहिवार वसेको वैठकले नगरपालिका क्षेत्रमा स्वाईन फ्लु र हङकङ फ्लुका बिरामी फेला परेको, ४ जना मानिसको शंकास्पद मृत्यु भएको र विरामीको संख्या वढ्दै गएकोले विपद क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

नगरपालिका क्षेत्रभित्रका सम्पुर्ण विद्यालय भदौ ३१, असोज १ र २ गते बन्द गर्ने निर्णय गरिएको छ । विद्यालय मार्फत् भारइसको संक्रमण तीव्र रुपमा फैलन सक्ने भएकोले विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका राजकुमार साहले बताउनुभयो । साहले भन्नुभयो– ‘स्वास्थ्य सम्वन्धि जानकारी घर घर पु¥याउने सहज माध्यम विद्यालय र विद्यार्थी भएकाले हामीले शिक्षक समेत परिचालन गर्ने निर्णय गरेका छौं।’
कञ्चनरुप नगरपालिकामा सामुदायिक ३० र निजी तथा संस्थागत २४ गरी कुल ५४ वटा विद्यालयमा १२ हजार भन्दा वढि विद्यार्थी अध्ययनरत छन् ।

यसैगरी स्वाईन फ्लुको भाईरस भेटिएको वडा नं. ७ र वडा नं. ४ मा आज पुनः स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । वडा नं. ७ बलुवाका ६० वर्षीय हरिलाल साहलाई स्वाइन फ्लुको संक्रमण भएको छ भने वडा नं. ४ कविलासाकी ६० वर्षीया वलसाल सरदारको मृत्यु भएको छ ।
यसअघि कञ्चनरूप ७ का १४ वर्षीय दिवश बस्नेत, वार्ड नं. ३ का १४ वर्षीय किशोर राम र वार्ड नं. ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भदौ २४ गतेदेखि तीन दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा एक जनामा स्वाईन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरन्जनप्रसाद यादवले बताउनुभयो । स्वाईन फ्लु र हङकङ फ्लुको भाईरस वढ्न नदिन र विरामीको स्वास्थ्य उपचार गर्न नगरपालिकाका १२ वटै वडामा स्वास्थ्यकर्मीको टोली परिचालित गरिएको छ । पर्याप्त औषधी सहितको ३ सदस्यीय टोली हरेक वडामा परिचालित भएको स्वास्थ्य शाखा संयोजक डम्वर गुप्ताले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia