- दिलिप कुमार साह


राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले ठुलो परिमाणमा अबैद्य घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब निरिक्षक धर्मेन्द्र सिंहको कमाण्डमा खटिएको टोलीले राजविराज नगरपालिका वडा नं. १ पडरीया स्थित राजु साहले अवैध रुपमा आफ्नै घरमा घरेलु मदिरा बनाउन प्रयोग गरीरहेको रक्सी भट्टी फुटाई सिल्भरको भाँडा थान ५, ग्यालिन थान ४, प्लाष्टिकको ड्रम थान ४, फलामको ड्रम थान ४, घरेलु मदिरा प्रसोधन गर्ने मेसिन थान १, मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ ८००।– (आठ सय) लिटर, तयारी मदिरा ६० (साठी) लिटर समेत नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया