इनरुवा /बालिका बलात्कार पछि हत्यामा संलग्न दोषी पहिचान गरी कार्वाहीको माग गर्दै सुनसरीको इनरुवामा स्कुले विद्यार्थीहरुले दबाब मूलक र्याली निकालेका छन् ।विद्यार्थीहरुले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या जघन्य अपराध भएको भन्दै बालिका तथा महिलामाथि हुँदै आएको हत्या हिंसा बन्दको माग गरेका छन् ।


तातो घाममा इनरुवाको बलाहामा रहेको सूर्यकिरण एकेडेमीका छात्रछात्राले घटना छानविनमा भैरहेको आनाकानी र झारा टार्ने प्रवृतिको अन्त्य गर्दै वास्तविक दोषी पत्ता लगाउन सरकार समक्ष माग गरेका हुन् ।ब्यानर र प्ले कार्ड सहित निस्केको विद्यार्थीको ¥यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । विद्यालयका छात्र छात्रा आफैंले निर्मला हत्या काण्ड विरुद्ध दबाब स्वरुप कार्यक्रम आयोजना गर्ने बताएपछि विद्यालयले व्यवस्थापन मिलाएको प्रिन्सिपल मनोज यादवले बताउनुभयो ।

तपाईको प्रतिक्रिया