खासमा नवजात शिशु वा बच्चाहरुलाई स्तनपान गराउने जिम्मेवारी आमाको हो । बाबुले पनि स्तनपान गराउन सक्छन् है भन्ने चुनौति दिँदै २० वर्षीय एक युवकले भने आफ्नी ४ महिनाकी छोरीलाई स्तनपान गराउँदै गरेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ ।

ट्वीटर प्रयोगकर्ता क्रिष्टोफर ब्राउनले छोरीलार्इ स्तनपान गराउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भिडियो सेयर गरे । उनले छोरीलाई खेलाउँदै जाने क्रममा आफ्नो छातीमा टँसाएर दूध पिलाउने कोसिस गरेका छन् । छोरीले पनि कन्फ्युज भएर दुध पिउने कोसिस गरेको उनका पिता क्रिष्टोफरले भिडियोमा बताएका छन् ।

उक्त भिडियोलाई सामाजिक सञ्जालमा अहिलेसम्म १ करोड बढीले बढीले हेरिसकेका छन् । क्रिष्टोफरको यो भिडियो सार्वजनिक भइसकेपछि उनीलाई धेरैले आलोचनासमेत गरेका थिए । उसोतः उसो त पुरुषले स्तनपान गराएको यो नै पहिलो घटना होइन । यसअघि पनि पुरुषहरुले शिशुलाई स्तनपान गराउने गरेका तस्विर तथा भिडियोहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia