इनरुवा /सरकारी बिद्यालय सरहको आरक्षण सुनिश्चित हुनुपर्ने प्याब्सनमा आवद्ध सरोकारवालाहरुले माग गरेका छन् । सरकारी र निजि विद्यालयमा पढ्ने विद्यार्थी बिच सरकारले विभेद कायम गरेको भन्दै निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन सुनसरी सहित इनरुवा प्याब्सनका पदाधिकारीहरुले त्यस्तो माग गरेका हुन् ।


इनरुवा नगर प्याब्सनको प्रथम नगरअधिवेशनका क्रममा सहभागि वक्ताहरुले निजि विद्यालयमा पढ्ने विद्यार्थीको आरक्षण सुनिश्चित गरिनुपर्ने र छात्रवृति प्रदानकालागि १० प्रतिशत मापदण्ड तोकिनुपर्ने बताएका हुन् ।कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष शंकर थापा, केन्द्रीय सदस्य शैलेन्द्र प्रकाश अधिकारी प्रदेश एक प्याब्सन उपाध्यक्ष कविन्द्र मण्डल सहित इनरुवा नगर प्याब्सन सभापति मनोजकुमार यादव लगायतकाले धारणा राखे ।  अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने प्याब्सन सुनसरी उपाध्यक्ष विष्णु कोइरालाले जानकारी दिए । प्याब्सन इनरुवामा १७ वटा विद्यालय रहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia