- अमर काफ्ले

मौलाना खुर्शिद आलमको गोली हानी हत्या भएको २४ घण्टा बित्न लाग्दा समेत हत्यारा पत्ता नलागेको भन्दै मुस्लिम अगुवाहरुले आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।गृह मंत्री घटनास्थल आएर शान्ति सुरक्षा सहितको प्रत्याभूति दिलाउनु पर्ने स्थानीयको अडान पश्चात खुर्शिदको शव घटनास्थलबाट उठाइएको छैन् ।

गयराती सुनसरी प्रशासन र स्थानीय मुस्लिम अगुवाबिच भएको वार्ता सकारात्मक झैं बनेपनि सहमति भने जुट्न सकेको थिएन् । मृतकलाई शहीद घोषणा, क्षतिपूति , शान्तिसुरक्षा सहित गृह मंत्री आउनु पर्ने स्थानीयको अडान लगायतका विषयमा सुनसरी प्रशासनले प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराउने अनौपचारिक सहमति गरिएको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जिल्ला सुरक्षा समितिको बैठक बसी मागका बिषयमा प्रदेश र संघीय सरकार समक्ष जानकारी गराएको बताउनुभयो । स्थानीयको माग सहित भुटाहा देखी घुस्की सम्मका सुरक्षाकर्मीको टोली परिवर्तन गर्ने विषयमा समेत केन्द्रलाई जानकारी पठाइएको प्रजिअ उप्रेतीले बताउनुभयो । उता भुटाहामा सडक किनारमै शव राखेर सरकारी निर्णयको प्रतिक्षा गरिरहेका खुर्शिदका आफन्त सहित मुस्लिम अगुवाहरुले शव बजार परिक्रमको तयारी थालेका छन् ।

अगुवाहरुको बैठक बसी शव परिक्रम सहित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिने हरिनगर गाउँपालिकाका अध्यक्ष समेत रहेका मुस्लिम अगुवा गफार अन्सारीले जानकारी दिए । शव पोष्टमार्टमको प्रकृया पुरा गरी राखेर आन्दोलनका कार्यक्रम अघि बढाइने मुस्लिम अगुवाहरुले जानकारी दिएका छन् । यसैबिच खुर्शिद हत्याको बिरोधमा हरिनगर ,भुटाहा सहित इनरुवा नगर क्षेत्रका निजी विद्यालयहरु बन्द गरिएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia