इनरुवा/करम पूजाको पूर्व सन्ध्यामा सुनसरीमा जातिय पहिचान र मौलिकता झल्कने सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको छ ।
नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवा सुनसरीले अशोज ८ गते इनरुवामा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।


प्रतिष्ठानले इनरुवामा पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिएको हो । प्रतिष्ठान सुनसरीका अध्यक्ष बेचन उराँवले करम पूजाको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको बताउनु भएको हो ।


कार्यक्रममा उराँव जातिको कला, संस्कृति सहित मौलिकता झल्कने भेषभुषा सहितको नृत्य सहित नाटक जस्ता प्रस्तुती आयोजना गरिने छन् ।


उराँव समूदायले अशोज ९ गते करम पूजा मनाउदै छ । उराँव समूदायले करम पूजालाई महान पर्वका रुपमा मनाउदै आएको छ ।
मुलुकभर उराँव जातिको जनसंख्या ३७ हजार ४ सय २८ रहेको छ । सुनसरी, मोरङ,झापा, बारा, पर्सा र सिरहामा उराँव जातिको बसोबास रहीआएको छ । जसमध्ये सुनसरीमा मात्रै २८ हजार बढीको बसोबास रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia