गत ४ वैशाखमा सरकारले सम्पुर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि कुने पनि समिति नवीकरण नहुने पनि स्पष्ट पारेको थियो । तर, खारेज भईसकेको यातायात व्यवासयी राष्ट्रिय महासंघ वार्तामा बसेर उसैको मागअनुसार सरकारले दसैँको मुखैमा यातायातमा भाडा वृद्धि गरेको छ । यातायात मन्त्रालय र महासंघका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १० प्रतिशत भाडा बृद्धि गर्ने निर्णय भएको हो ।

भाडा बृद्धि आईतबारबाटै लागु गर्ने निर्णय भएको विभागले जनाएको छ । गाडीभाडा बढाउने निर्णय भएसँगै व्यवसायी दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्न सहमत भएको विभागको दाबी छ । भोलिबाटै सबै ठाउँको अग्रिम टिकट बुकिङ खुल्छ, यातायात व्यवस्था विभागका सुचना अधिकारी गोकर्णप्रसाद उपध्यायले भने, भाडा बृद्धिका सहमतिपछि व्यवासायीहरुले टिकट बुकिङ खोल्छौँ भन्नुभएको छ । आजको नयाँ पत्रिकामा खबर रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia