सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले खुर्शिद हत्यासँग जोडेर फैलाइएको अफवाह प्रति खेद व्यक्त गर्नु भएको छ ।
हरिनगर २ भुटाहामा गोली हानि हत्या गरिएका खुर्शिद आलमको विषय प्रशंग जोडेर आफ्नो नामको हवाला दिँदै झुटो प्रचारबाजी भएको भन्दै अन्सारीले सो कुरामा कुनै सत्यता नरहेको प्रष्ट्याउनु भएको छ ।

विज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्ष अन्सारीले आफुले भन्दै नभनेको विषयलाई केहि संचारमाध्यमले आफ्नो नामको हवाला दिँदै भ्रम छर्ने गरी गलत तवरले सूचना प्रशारण गरेको विषय खण्डन नगरिए कानुनी उपचारको खोजिमा जुट्ने बताउनु भएको छ ।

भुटाहामा अपरिचत समूहले चलाएको गोली लागि खुर्शिदको आलमको मृत्यु भएको थियो । सोही बिषयसँग जोडेर गफार अन्सारीले जानकारी दिनुभएको भन्दै केहि अनलाइन सहितका मिडियाले आतंकवादी गतिविधीमा संलग्नताको आधारमा खुर्शिद भारतको खोजीमा रहेको र उनको खोजी गर्दै तत्कालिन अवस्थामै भारतीय प्रहरी सुनसरी समेत आएर फर्केको जस्ता विषय प्रकाशन तथा प्रशारण गरेका थिए । विज्ञप्तीमा आफुखुशी र मनगडन्ते पारामा गलत अफवाह फैलाइएको प्रति आपत्ति जनाउँदै हत्यामा संलग्न पत्ता लगाई कार्वाहीको माग समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया