काठमान्डाैं / गायिका सिर्जना कार्कीको स्वरमा रहेको ‘धेरै-धेरै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सिर्जना कार्कीले अाफ्नै युटुब च्यानल मार्फत भिडियाे सार्वजानिक गरेकी हुन् । कार्की पछिल्लो समय नेपाली गितसंगीतको क्षेत्रमा उदयमान गायिका हुन् । यस अघी ‘मनको राजा’ ‘माया’, राेजेकाे महिले लगायतका गितहरू गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छिन् ।

‘धेरै-धेरै’मा राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको संगीतको संगीत रहेको म्युजिक भिडियोमा ह्यान्ड टु ह्यान्ड क्र्यूको साथमा सिर्जना आफ्नै अभिनय हेर्न सकिन्छ । उक्त गीतलाई राम कुमार केसीले छायांकन गरेका छन् भने कोरियोग्राफी र निर्देशन राज महर्जनलेले गरेका छन् । गीतमा टेकेन्द्र शाहको सम्पादन रहेको छ । म्यूजिक भिडियो सार्वजनिक भएसँगै श्रोता र दर्शकको प्रतिकृयाले उत्साहित देखिएका गायिका सिर्जना आगामी दिनमा यसले अझ निरन्तर लाग्नलाई प्रेरणा मिलेको बताउछिन् ।

तपाईको प्रतिक्रिया