- बिरेन्द्र शाह

इनरुवा। इनरुवा नगरपालिका–३ की स्मिता श्रेष्ठको उपचारको क्रममा डाक्टरको लापरवाहीका कारणले मृत्यु भएको छ। विराटनगरको विराट नर्सिङ होममा उपचाररत श्रेष्ठको अस्पतालका डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै श्रेष्ठका आफन्तहरुले अस्पतालमा तनाब सिर्जना गरेका छन् ।

श्रेष्ठका आफन्तले अस्पताल प्रशासन सँग छलफल गरे पनि अस्पतालले दुर्घटना भएको भन्दै टार्न खोजे पछि उनीहरु आक्रोसित बनेका हुन् ।
मृतक श्रेष्ठका आफन्तले अस्पतालले विरामीलाई ‘ओभरडोज’ औषधी दिएका कारण मृत्यु भएको दाबी गरेका छन् । नर्सिङ होमले भेन्टिलेटरको अभाव भएको भन्दै रिफर गरेपछि  विराटनगरको लाइफगार्ड अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

पेट दुखाइको कारण पहिलो पटक असोज ३ गते उपचारकालागी  स्मिता श्रेष्ठ नर्सिङ्गहोम गएकी थिइन् । डाक्टरले अल्सर भएको बताएपछि उनको तीन दिन त्यहि उपचार भएको मृतकका आफ्न्तले जानकारी दिइका हुन । घर पुगेपछि पुनः स्मिताको पेट दुख्न थालेपछि उनलाई नर्सिङ होममा भर्ना गरिएको थियो ।

गत असोज १० गते बुधबार राति अचानक पेट दुखेपछि डाक्टरले औषधि दिएका थिए । औषधी खाएको २५ मिनेटमा उनको अनुहार कालो भएको मृतकका आफ्न्तले बताए । नर्सहरुलाई यसबारे जानकारी गराउदा कालो लागेको भन्दै उनीहरुले विरामीको अनुहार पुछन थालेको उनले बताए ।

राति १ बजेपछि डाक्टरले भेन्टीलेटरमा राख्नु पर्ने तर अस्पतालमा खालि नभएको भन्दै अन्तै लैजान राति १ बजेपछि डाक्टरले भेन्टीलेटरमा राख्नु पर्ने तर अस्पतालमा खालि नभएकोले अन्तै लैजान भनेको मृत्ककी श्रीमान सचिन श्रेष्ठलाई बताए । अस्पतालले आफु पन्छिन त्यस्तो गरेको उनले अरोप लगाए । उपचारमा संलग्न डाक्टर ज्ञानेन्द्र गिरीले मृतकका आफन्तसँगको छलफलमा दुर्घटना भएको भन्दै पन्छिन खोजेको आफन्तहरुको आरोप छ ।

मृतक स्मिताका दुइ छोरी  छन् भने उनी इनरुवाको स्थानिय बजारमा एक सफल महिला व्यावसायीको रुपमा पनि परिचित छिन । शोकसन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia