इनरुवा । सुनसरीको भुटाहामा असोज ४ गते गोली हानी हत्या गरिएका खुर्शिद आलमको परिवारलाई भेटेर गृहमन्त्री रामबहादुर थापाले दोषीलाई जसरी पनि कारबाही गर्ने आश्वासन दिएका छन । थापाले हरिनगर गाँउपालिका २ भुटाहमा आईतबार आलम परिवारलाई भेटेर दोषीलाई जसरी पनि कारबाहीको दायरामा ल्याउने र दोषी जो भएपनि नउम्किने बताए । खुर्शिदका परिवारजनलाई भेटेर उनले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन ।

गृहमन्त्रीले पकली स्थित शसस्त्र प्रहरीको बराह बाहिनीको समेत निरिक्षण गरेका छन् । गृहमन्त्री थापा आईतबारै इटहरीस्थित पाथिभरा होटलमा लागुऔषध, महिला हिंसा तथा अपराध नियन्त्रण सम्बन्धि गोष्ठीमा सहभागी हुने कार्यक्रम रहेको छ । गृहमन्त्रीसगै प्रहरी प्रमुख सर्वेन्द्र खनाल, शसस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल लगायत अन्य सुरक्षा निकायका प्रमुख सहभागी छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia