सामान्यतया स्मार्टफोन खरिद गर्दा दुई जिबी -याम र १६ जिमी रेम भएको सेट खरिद गर्नुपर्छ । केही समय पहिला ललिपपलगायतका भर्सनमा एन्ड्रोइड सेट आउँथे । अहिले ओरियो ८.० भर्सन आइसकेको छ । जसका कारण पनि -याम र रोममा विशेष ख्याल राख्नुपर्छ ।

-कम -याम र रोम भएको एन्ड्रोइड मोबाइल लिँदा विभिन्न एप्लिकेसनले नै स्पेस लिइदिन्छ । जसले गर्दा ह्याङ हुनेलगायतका सम्भावना हुन्छ ।

-मूल्यको कुरा गर्दा अहिले सामान्यतया १२–१३ हजारदेखि २२–२५ हजारमा राम्रै खालका एन्ड्रोइड सेट आउने गरेका छन् । यस्तो सेट दुई वर्षसम्म राम्रैसँग चलाउन मिल्छ । अहिले ग्राहकहरू चाइनिज सेटमा बढी आकर्षित भइरहेको पाइन्छ । किनभने, उनीहरूले कम मूल्यमा बढी एप्लिकेसन उपलब्ध गराउन थालेका छन् ।

-६ एमबीको ब्याक र ५ जिबीको फ्रन्ट क्यामेरा भएको सेट छनोट गर्न जरुरी हुन्छ ।

-अहिले विज्ञापनको भरमा मोबाइल खरिद गर्ने प्रचलन पनि बढ्दो छ । तर, मोबाइल खरिद गर्दा कस्टुमर नै चनाखो हुन जरुरी हुन्छ । मोबाइल खरिद गर्दा कस्टुमर केयर वारेन्टी, अथोराइज कम्पनी, दूरसञ्चारलाई ट्याक्स तिरेका ब्रान्डको मात्र मोबाइल खरिद गर्नुपर्छ । हजार, १२ सय सस्तो प-यो भनेर हचुवाका भरमा मोबाइल खरिद गर्नुहुँदैन ।

-अहिले प्रायः आल्मुनियम बडी भएका सेट आउँछन् । यस्तै सेट खरिद गर्दा राम्रो हुन्छ । यस्तो सेटमा लिथेनियम ब्याट्री हुन्छ । जुन निकालिरहनु पर्दैन । यस्तो ब्याट्री लामो समयसम्म टिक्छ पनि ।

-सुपर एमोलोयड ग्लास डिस्प्ले भएको मोबाइल फोन प्रयोग गर्दा राम्रो हुन्छ । यस्तो डिस्प्ले भएको मोबाइलले फोटो पनि आकर्षक खिच्ने गर्छ । यस्तो डिस्प्लेको प्रयोग गर्दा दिउँसोको घाममा मोबाइल स्क्रिन टल्कने समस्या पनि झेल्नुपर्दैन ।

-फोन किन्दा चिप सेट लिनुपर्छ । मेडिया टेप, स्न्याप ड्र्यागनलगायतका चिप सेट बजारमा उपलब्ध छन् । यस्ता सेटमा एप्स चलाउन पनि निकै सहज हुन्छ र स्मुथ्ली चल्ने गर्छ ।

मोबाइल टिकाउन
मोबाइल राम्रोसँग चार्ज गर्नुपर्छ । सामान्यतया तीन घन्टा मोबाइल चार्ज गर्दा हुन्छ । लोडसेडिङ हुनेताका पावर बैंकबाट बढी मोबाइल चार्ज गर्ने प्रचलन थियो । यसो गर्दा ब्याट्री छोटो समयमै ड्यामेज हुने सम्भावना हुन्छ । र, जहिले पनि चार्जका लागि मोबाइल खरिद गर्दा लिएको चार्जर नै प्रयोग गर्नुपर्छ ।नयापत्रिकाको सहयोगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia