सुनसरीकाे इनरुवामा आजबाट रात्रीकालीन क्रिकेट सुरू हुँदैछ । फुलबारी क्रिकेट क्लब इनरूवाकाे अायाेजनामा हुन लागेकाे रात्रीकालीन क्रिकेट प्रतियाेगिता मुलुककै पहिलाे हाे । प्रतियोगितालाइ इनरूवा नगरपालिकाले प्रायाेजन गरेकाे छ । मेयर कप T20 प्रतियाेगिताकाे बारेमा पत्रकार सम्मेलन गरि अायाेजकले तयारी पूरा भएकाे जानकारी गराई सकेको छ । । इनरूवा खेल मैदानमा आज अायाेजक फुलबारी र बेलबारीबिच उद्घाटन खेल हुनेछ । खेल बेलुकी ७ बजेबाट सुरू हुने अायाेजक संस्थाका अध्यक्ष शिबु यादबले बताए । कार्यक्रम उद्घाटन भने ३ बजेपछि हुने आयोजकले जनाएको छ । तयारी बारे जानकारीकालागी हिजो राती आयोजित पत्रकार सम्मेलनमा  इनरूवा नगरपालिकाका प्रमुख राजन मेहताले प्रतियोगिता मुलुककै गाैरभकाे बिषय भएकाे बताएका थिए । मेहताले इनरूवा खेल मैदानलाई नमुना स्टेडियम बनाई छाड्ने प्रतिवद्धता समेत जनाएका छन् ।

तपाईको प्रतिक्रिया