इनरुवा/मुलुककै पहिलो मानिएको रात्रिकालीन त्द्दण् क्रिकेट आजबाट इनरुवामा सुरु भएको छ ।
इनरुवा जेल मैदानमा यतिबेला औपचारिक उद्घाटन कार्यक्रम सुरु भएको छ ।


कार्यक्रममा इनरुवा नगरपालिका प्रमुख राजन मेहता सहित स्थानीय निकायका प्रमुख लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको छ ।


खेल ७ बजे पश्चात सुरु हुने छ । आजको उद्घाटन खेल आयोजक फुलबारी क्रिकेट क्लब इनरुवा र बेलबारी क्रिकेट क्लबबीच हुँदै छ ।
काठमाण्डौं, बिराटनगर, धनगडी, झापा, सप्तरी, नेपाल पुलिस सहित दश टिमको सहभागिता रहेको प्रतियोगिताको फाइलन भने २८ गते हुने छ ।

तपाईको प्रतिक्रिया