- मिकाइल आलम

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्रमा चाडपर्व लाई लक्षित गरेर संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्व नजिकिँदै जादा सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बल र भारतीय एसएसबीले संयुक्त नागरिक सहायता कक्ष स्थापना गरेको हो ।

भारतसंग सीमा जोडिएको सुनसरीको लौकही,भाण्टावारी,श्रीपुर सहितको बोर्डर आउट पोष्टहरुमा सशस्त्र प्रहरी बल र एसएसबीले संयुक्त रूपमा नागरिक सहायता कक्ष स्थापना गरेका छन् । चाडपर्वमा भारत बाट नेपाल आउने र नेपाल बाट भारत तर्फ जानेहरु नागरिक सहायता कक्ष बाट लाभान्वित हुने गरेको सशस्त्र प्रहरी बल लौकहीका सशस्त्र प्रहरी निरीक्षक आनबहादुर गुरुङले बताए ।

गुरुङका अनुसार सीमा क्षेत्रमा चाडपर्वको समय भएकोले सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । अहिले रातीको समयमा भारतीय एसएसबी संग संयुक्त रूपमा दिनहुँ गस्ती सीमा क्षेत्रमा तैनाथ सशस्त्रले गर्दै आएको छ । चाडपर्व नजिकिदै संग अपराधी गतिविधि हुन नदिन नेपाल भारत सीमामा तैनाथ सुरक्षाकर्मीले चेकजाँच समेत कडाई गरेको छ ।

तपाईको प्रतिक्रिया