इटहरी/ राष्ट्रिय वन्यजन्तु  तथा वन्यजन्तु आरक्षका गेम स्काउटहरुका लागी वन्यजन्तु चोरी शिकार तथा तिनको अङ्गको अवैध व्यापार नियन्त्रणका लागी इटहरीमा तिन दिने अभिुमुखिकरण कार्यक्रम सुरु भएको छ ।

कार्यक्रममा जैविक विविधतामा संरक्षीत क्षेत्रको महत्व , वन्यजन्तु अपराध र तिनको अंगको अवैध व्यापार , वन्यजन्तु अपराध नियन्त्रणमा आधुनिक प्रविधीको महत्व , नितिगत तथा कानुनी कुरा लगायतको जानकारी दिइने छ । कार्यक्रमका नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले वन्यजन्तु संरक्षण र वन्यजन्तु अपराध नियन्त्रणमा सबैले आ, आफ्नो स्थानवाट योगदान पुर्याउनु पर्ने बताउनु भयो ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुसन्धान अधिकुत सुस्मा राणाले नेपालमा अहिले पनी वन्यजन्तु चोरी शिकार तथा अवैध व्यापार हने गरेको र त्यसको नियन्यन्ण गर्न गेमस्काउटको महत्वपुर्ण भुमीका रहने बताउनु भयो । फेडेरेसन अफ एनीमल वेलफेयर नेपालको आयोनामा भएको कार्यक्रममा मकालु बरुण÷सगरमाथा राष्ट्रिय निकुञ्ज÷केशी टप्पु वन्य जन्तु आरण बाट तिस जनाको सहगागीता रहेको छ ।

Human Society International (HSI) काे सहयाेगमा पशु कल्याण संघ (Federation of Animal Welfare FAWN) काे अायाेजनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सम्रक्षण विभागकाे सहयाेगमा कार्यक्रमले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु अारक्षका ३० जना गेम स्काउटहरुका लागि अभिमुखिकरण गर्ने उद्देश्यले तीन दिने कार्यक्रम संचालन गरिएकाे हाे ।

तपाईको प्रतिक्रिया