इनरुवा/सुनसरीको इनरुवामा जारी रात्रिकालिन टि २० क्रिकेटको पछिल्लो खेलमा बिराटनगर बिजयी भएको छ । बिराटनगरले काठमाण्डौंलाई ३० रनले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको बिराटनगरले निर्धारित २० ओभरमा १ सय ६६ रन बनाएको थियो । कप्तान अजय राजवंशीको ६२ र श्रवण यादवको ३२ रन मद्दतमा बिराटनगर १ सय ६६ रन जोडेको थियो ।

१ सय ६७ रनको बिजयी लक्षसाथ मैदान ओर्लिएको काठमाण्डौं १ सय ३६ रनमा समेटिएको थियो । बिराटनगरको कसिलो बलिङका सामु सुरुवाती अवस्थाबाटै धरमराएको काठमाण्डौं क्रिकेट टिम अन्तिम ओभरमा अलआउट हुन पुगेको थियो । म्यान अफ दि म्याच बिराटनगरका श्रवण यादव एक्लैले काठमाण्डौंको ४ बिकेट चटकाएका थिए । प्रतियोगिता अन्र्तगत आज बेलबारी र काकडभिट्टाबीच प्रतिष्पर्धा हुने छ ।

तपाईको प्रतिक्रिया