- मिकाइल आलम

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा जारी प्रथम मेयर कप टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा बेलबारी विजयी भएको छ । खेलको म्यान अफ दि म्याच बेलबारीका विकेश बन्जारा भएका छन्।

काकडभिट्टालाई ९ विकेटले पराजित गर्दै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको हो । बेलबारीले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काकडभिट्टाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २० रन बनाएको थियो । काकडभिट्टा लाई मध्यम योगफल सम्म पुर्याउन अमीत न्यौपानेले ४२ तथा रुपक बरालले ३५ रनको योगदान दिएका थिए ।

१ सय २१ चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको बेलबारीले मात्र १ विकेट गुमाएर १३ दशमलव ५ ओभरमा लक्ष्य भेटाएको थियो । बेलबारी लाई सहज जित दिलाउन विकेश बन्जाराले ६५ तथा विप्लव घोषले अविजित ३२ रन बनाए । खेलको म्यान अफ दि म्याच विकेश बन्जारा घोषित भए । आज हुने पहिलो सेमिफाइनल खेलमा बेलबारीले बिराटनगरको सामाना गर्नेछ ।

तपाईको प्रतिक्रिया