- मुस्ताक आलम

लौकही । सुनसरीको कोशी गाउँपालीका १ मा तीनदिने प्रस्तावना लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मंच इनरुवा सुनसरीको आयोजना तथा कोशी गाउँपालीका वार्ड नम्बर १ लौकहीको सहयोगमा सो तालिम सम्पन्न भएको हो।

२१ गतेदेखि २३ गतेसम्म संचालन भएको तालिमा कोशी गाउँपालिका क्षेत्रका ४० जना युवा युवातिहरुला हाम्रो सहयात्रा मंच इनरुवा सुनसरिले सामाजिक संस्थाका प्रतिनिधिहरुलाई संस्थागत विकास तथा प्रस्तावना लेखनको बारेमा क्षमतामुलक तालिम दिइएको कार्यक्रमकि अध्यक्ष बिनिता दाहालले बताइन् ।

सो समापन कार्यक्रमका प्रमुख अतिथि कोशी गाउँपालिकाकी उपध्यक्ष अनिता देबि यादव बिशिस्ट अतिथि १ नम्बर वडा अध्यक्ष राजकुमार साह मानव अधिकार संजाल सुनसरीका संयोजक रमेश भट्टराई ल्गायतको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया