- मिकाइल आलम

सुनसरी । सुनसरीको पूर्वपश्चिम राजमार्गमा विभिन्न बहानामा अवैध कर असुली रोकिएको छैन । जिल्ला समन्वय समितिका ठेकेदार भन्दै राजमार्गमा जिल्लाको पश्चिमी नाका भाण्टावारीमा सहितका क्षेत्रमा अवैध कर संकलन भइरहेको हो ।

स्थानीय स्वायत्त शासन ऐनअनुसार जिल्लामा उत्पादित बस्तुको अन्य जिल्ला निकासी हुँदा सम्बन्धित जिल्ला विकास समितिले कर लिन पाउने व्यवस्था छ । निकासीका लागि तयारी अवस्थामा रहेको बस्तुको उत्पत्ति स्थानमा त्यस्तो कर संकलन गर्नुपर्ने नियम छ । कुनै पनि कर संकलन गर्ने नाममा राजमार्गमा चल्ने सवारी साधनलाई कुनै किसिमबाट बाधा अवरोध उत्पन्न गराउन नहुने गृह मन्त्रालयले पटक-पटक निर्देशन जारी गरेको छ ।

नियमलाई अटेर गर्दै जिससका ठेकेदार भन्दै अन्य जिल्लाबाट मालसामान ओर्सादासमेत जबरजस्ती कर उठाउने गरेका छन् । विभिन्न क्षेत्रबाट आएको मालवाहक लोड गरी ल्याएको ट्रकलाई रोकी भाण्टावारीमा जबरजस्ती कर लिने गरेको व्यापारीहरूले गुनासो गरेका छन् । जुन जिल्लाबाट गोरु लोड गर्छु, त्यसै जिल्लालाई पनि कर तिरेकै हुन्छु, सुनसरीका एक पशु व्यापारीले भने, तर पछिल्लोपटक सुनसरीमा कर भनेर प्रतिट्रक एक हजार ५ सयदेखि दुई हजार हजारसम्म जबरजस्ती असुली गर्दै आएको छ ।

रकम दिन नमानेपछि राजमार्गमा ट्रक छेक्ने युवाहरूको समूहले गालीगलौज तथा हातपात समेत गर्ने गरेको व्यापारीको गुनासो छ । भाण्टावारी क्षेत्रमा रहेको ढाटबाट मालवाहक सवारी (ट्रक, टिपर, ट्याकंर, कन्टेनर) का चालकबाट ५ सय देखि २ हजार रुपैयाँसम्म करको नाममा गैरकानुनी रकम जर्बजस्ती उठाइरहेको भएपनि प्रशासनले कुनै कारबाही नगरेको पाइन्छ। जरीवाना वा भागेको भन्दै कतिपय सवारी चालकहरुबाट ५ हजार रुपैयाँ र सो भन्दा बढी मनलाग्दी र जर्बजस्ती रकम असुली भइरहेको एक सवारी चालकले बताए ।

समितिले पालेर राखेका मुन्द्रेहरुले प्रहरीकै आखाँ अगाडि मोटरसाइकलले पिछा गरी गरी धम्क्याएर रकम असुल्छन ति चालकले आफ्नो गुनासो पोख्दै भने असुली केन्द्रबाट नेपाली मालवाहक सवारीबाट मात्र नभई भारतीय नम्बर प्लेटका सवारीबाट समेत रकम असुल्ने गरेका छन् ।

मुख्य सडक छेउमा गैरकानुनी एवं अवैध रुपमा खडा गरिएका असुली ढाटहरु के बिना कसैको संरक्षण सम्भव छ ?

आँखा अगाडी यत्रो गैह्कानुनी धन्दा भईरहदा समेत किन सम्बन्धित निकाय चुपचाप तमासे बनेर बसीरहेको छ त् ?

के प्रहरी नियम कानुन कार्यान्वयन गराउने निकाय होइन र ?

अनि के नियम कानुन निरिह, सोझासिधा जनसामन्य र सर्वसाधारणको लागि मात्र हो ?

दैनिक सयौं मालवाहक सवारीबाट मुख्य राजमार्गमै खुलेआम रुपमा असुली धन्दा गर्नेलाई के प्रहरी प्रशासनले समेत संरक्षण गरेकै हो त् ? भन्ने शंका गर्न थालिएको छ ।

जिल्लामा उत्पादित भई निकासी हुने बस्तुहरूको परिमाणबारे अध्यय नै नगरी जसरी भए पनि रकम उठाउने मनसायबाट ठेक्का लाग्ने गरेकाले समस्या हुने गरेको सुनसरीका पशु व्यापारी मुस्तफा मिया अन्सारी बताउँछन् । उनले भने अन्य जिल्लाबाट कर काटेर आएको कुनै पनि समानको कर सुनसरीमा लिनु हुँदैन, यो प्रवृत्तिलाई प्रशासनले नियन्त्रण गर्नुपर्छ ।

यता जिल्ला समन्वय समिति सुनसरीका सभापति गोपालराज भण्डारीले अवैध रूपमा कसैले कसैसँग जबरजस्ती कर लिनेलाई कार्वाही गर्ने बताए । जिल्ला विकास समितिले ठेक्का लगाए/ नलगाएको बारेमा आफूलाई जानकारी नभएको बताउदै सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले कसैले राजमार्गमा गैरकानुनी रूपमा असुली वा कर संकलन गरे कानुन अनुसार कार्वाही गर्ने बताए ।

तपाईको प्रतिक्रिया