काठमाडौँ / जयनगर–जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिए । रेल सेवा सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

रेल सेवा सञ्चालनका लागि भारतसँग रेल भाडामा लिने जानकारी समेत महानिर्देशक मिश्रले दिए। तीन वा दुईवटा रेल भाडामा लिनेबारे छलफल भइरहेको जानकारी उनले दिए ।अाजकाे गाेरखापत्रमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया