सुनसरी सदरमुकाम इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालीन टि२० क्रिकेट प्रतियोगितामा बिराटनगर बिजयी भएको छ । बेलबारी क्रिकेट क्लबलाई हराउँदै बिराटनगर फाइनलमा प्रवेश गरेको छ ।

गयराती सम्पन्न खेलमा बिराटनगरले बेलबारीलाई ६३ रनले पराजित गरेको हो । टस जितेर बेलबारीले फिल्डिङ रोजेपछि बिराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन जोडेको थियो । बिराटनगरका मिनाथ थापाले नटआउट ९८ रनको पारी खेलेका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको बेलबारी १७ ओभरमा अल आउट हुन पुगेको थियो । लक्ष पछ्याएको बेलबारी १ सय १ रनमा समेटिएपछि बिराटनगरले ६३ रनको जित दर्ता गरेको हो । बिराटनगरका फिरदोस अन्सारी एक्लैले बेलबारीको ५ विकेट चटकाएका थिए । प्रतियोगितामा आजबाट ग्रुप बि का खेलहरु संचालन हुनेछन् । आज राती हुने खेलमा बिरगञ्जले राजबिराजको सामना गर्दै छ ।

तपाईको प्रतिक्रिया