सुनसरीको प्रकाशपुरमा जारी दोस्रो नेबिल ओभरसिज नकआउट फुटबल च्याम्पियनसिप कप अन्र्तगत आज सम्पन्न खेलमा उदयपुर बिजयी भएको छ । प्रकाशपुर माविको खेल मैदानमा सम्पन्न खेलमा उदयपुर फुटबल क्लबले प्रकाशपुर युवा जमात प्रकाशपुरलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको हो ।


मध्यान्तरसम्म दुबै टिमले बराबरी खेले पनि दोस्रो हाफमा भने उदयपुरले २ गोल गरेको थियो । उदयपुरकालागि उमेश राई र अर्जुन मगरले एक एक गोल गरेका थिए ।दोस्रो हाफको सुरुवाती अवस्थाबाटै आक्रामक खेल खेलेको उयदपुरको केही आर्कषक प्रहारलाई प्रकाशपुरका गोल किपरले गोल हुनबाट बँचाएका थिए ।प्रकाशपुरले भने पाएका अवसरलाई समेत सदुपयोग गर्न नसक्दा २ —० गोल अन्तरले पराजित हुनु परेको थियो । ८ टिमको सहभागिता रहेको प्रतियोगिता अन्र्तगत बिहिबार १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी बिराटनगर र गोधुली फुटबल क्लब धरानबिच हुने छ । प्रतियोगिताको फाइनल भने ३० गते हुने छ ।

तपाईको प्रतिक्रिया