आश्विन २५, काठमाणडौं । चाडवाडको बेला हुने अत्याधिक सवारी चापलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय धादिङले नौबिसे–नागढुङगा सडकमा मालबहाक सवारी साधन प्रवेशमा रोक लगाएको छ ।

नौबिसे–नागढुङगा सडक खण्डमा सवारी जाम कम गर्न मालबाहक सवारी साधन प्रवेशमा बुधवार देखि रोक लगाईएको छ । बुधवार देखि एक हप्ता सम्मका लागि ठूला मालबाहक सवारी साधनहरु रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर विकले बताउनुभयो ।  चाडपर्व मनाउन राजधानीबाट बाहिरिने सवारी साधनहरुको चाप बढ्ने भएका कारण प्रवेशमा रोक लगाइएको हो ।

राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिने सवारीका साधनहरुको चाप अत्याधिक हुने र मालबाहक सवारीका कारण नौविसे–नागढुङगा सडक खण्डमा अत्याधिक सवारी जाम हुने गरेको छ । यात्रुहरुलाई सुरक्षित र समयमा नै गन्तव्यमा पुर्‍याउन विभिन्न घुम्तीहरुमा २४ घण्टा प्रहरी पनि परिचालन गरिएको छ । मालबाहक सवारीका साधनहरुले क्षमता भन्दा बढी भार बोकेर राजधानी प्रवेश गर्ने गरेका छन् । बढी भार बोकेर काठमाडौं प्रवेश गरेका मालबाहक सवारी साधन उकालोमा बिग्रने गरेर जाम हुने गरेको छ ।

जसका कारण राजमार्ग हुँदै राजधानीबाट बाहिरिने र भित्रने सयौं सवारीका हजारौं यात्रुहरुले यात्राका क्रममा झन्झट बेहोर्नु परेको छ । चितवन जिल्लादेखि नै राजधानी प्रवेश गर्ने मालबाहक सवारीलाई रोक्ने बताईएको छ । ठूला ढुवानी साधनहरु राजधानी प्रवेशमा रोक लगाईएपछि चितवनको कुरिनटार, फिस्लिङ्ग, चुम्लिङ्गटार, जोगीमारा, मझिमटार, मौवाखोला, विशालटार लगायतका स्थानमै रोकिएका छन् । समाचार कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया