इनरुवा /इनरुवा नगरपालिका वडा नम्बर ६ साविक मधेशाका निवर्तमान स्वास्थ्य व्यवस्थापन समितिका सदस्यहरुलाई सम्मान गरिएको छ ।नयाँ समितिले पुरानो समितिका पदाधिकारी सहित सल्लाहकार समिति सदस्यकालागि सम्मान कार्यक्रमको अयोजना गरेको हो ।

वडाध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष कोषराज अधिकारी र उपाध्यक्ष गिरिचन्द्र पोखरेलले निर्वतमान सदस्य लगायतकालाई प्रसंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।  तत्कालिन समयमा स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदान स्वरुप सम्मान कार्यक्रमको आयोजना गरिएको समिति उपाध्यक्ष पोखरेलले जानकारी दिए ।

सम्मानित हुनेहरुमा दिनेश कोइराला, हरिबहादुर अधिकारी, लक्ष्मणबहादुर कार्की, खिलबहादुर अधिकारी, कर्ण कुमार श्रेष्ठ, पर्शुराम रेग्मी,सुमन थापा,सुलोचना मोची,कुमारी बस्नेत, ठकनी सरदार,निर्मला तिमल्सिना, रामबहादुर कार्की सहित सल्लाहकार सदस्यहरु कमलबहादुर कार्की, महेश बस्नेत, गणेशबहादुर खडका, हरिबहादुर श्रेष्ठ, हेमनारायण चौधरी चौधरी र मिना बुढाथोकी रहेका छन् ।

तपाईको प्रतिक्रिया