इनरुवा /सुनसरीको इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालीन क्रिकेट प्रतियोगिता अन्र्तगत पछिल्लो खेलमा नेपाल पुलिस क्लब महाराजगञ्ज काठमाण्डौं बिजयी भएको छ ।पुलिसले धनगढी विरुद्धको खेलमा १ सय २४ रनको फराकिलो जित निकालेको छ ।
टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ९० रनको उच्च स्कोर खडा गरेको थियो ।
पुलिस क्लब काठमाण्डौंकालागि अमित श्रेष्ठले ४८ तथा कुसल भुर्तेलले ४४ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

धनगढीका कृष्ण ऐयरले ४ बिकेट लिएको खेलमा पुलिसका खेलाडीहरुले सुरुवाती अवस्थाबाटै विपक्षी बलरलाई चुट्दै तिव्रगतिमा रन बटुलेका थिए ।१ सय ९१ रनको बिजयी लक्ष पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको धनगढी १७ दशमलव ३ ओभरमा अलआउट हुन पुगेको थियो ।
उत्कृष्ट बलिङ र फिल्डिङ गरेको पुलिसले धनगढीलाई ६६ रनमा अलआउट गर्दै १ सय २४ रनको फराकिलो जित हात पारेको हो ।
पुलिसका नविन सिंहथापाले ४ र मञ्जित श्रेष्ठले २ बिकेट लिएका थिए । प्लिसका नविन सिंहथापा खेलको म्यान अफ दि म्याच भएका छन् । प्रतियोगिता अन्र्तगत आज रातीको खेल झापा र बिरगञ्जबिच हुनेछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia