सुनसरीको इनरुवामा जारी प्रथम मेयर कप टि २० रात्रीकालीन क्रिकेट प्रतियोगिता अन्र्तगत राती सम्पन्न खेलमा बिरगञ्ज बिजयी भएको छ ।
इनरुवा खेल मैदानमा सम्पन्न खेलमा बिरगञ्जले झापालाई ९१ रनले पराजित गरेको हो ।
टस जितेर झापाले बलिङ गरेको थियो । पहिलो ब्याटिङमा उत्रिएको बिरगञ्जले आक्रामक सुरुवात गरेको थियो । बिरगञ्जका सुरज पटेलले ७६, सुभास यादवले ३४, रसिद खानको नटआवट २८ रन मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १ सय ८५ रन जोडेको थियो ।
१ सय ८६ रनको बिजयी लक्ष पछ्याएको मेची क्रिकेट क्लब झापाले सुरुवाती ओभरमा आक्रामक ब्याटिङ गरेपनि लगातार बिकेट गुमाउन पुगेको थियो ।


एक पछि अर्को विकेट पतनसँगै दबाबमा आएको झापा १८ दशमलव २ ओभरमा ९४ रनमा समेटिएको थियो । झापाकालागि प्रनिस बिरमालीले २७ र सन्दिप ढुङगानाले १६ रन जोड्नु बाहेक अन्यको प्रर्दशन जम्न सकेन ।


बिरगञ्जका अनुज चौहान एक्लैले ८ विकेट लिएका थिए । चौहान खेलको म्यान अफ दी म्याच भएका थिए ।
प्रतियोगिता अन्र्तगत आजको खेल नेपाल पुलिस क्लब काठमाण्डौं र बिरगञ्जबिच हुने छ ।

तपाईको प्रतिक्रिया