सुनसरीको इनरुवामा जारी प्रथम मेयर कप टि २० रात्रीकालीन क्रिकेट प्रतियोगिता अन्र्तगत आज नेपाल पुलिस क्लब महाराजगञ्ज काठमाण्डौंले बिरगञ्जको सामना गर्दै छ ।
आज राती हुने खेलको बिजेताले फाइलनमा भोलि बिराटनगरसँग प्रतिष्पर्धा गर्ने छ ।
खेल राती ७ बजेपछि इनरुवा खेल मैदानमा हुने छ ।
नेपाल पुलिस क्लब प्रतियोगिताको प्रबल दाबेदारका रुपमा रहेको छ । पुलिसले आफ्नो अघिल्लो खेलमा एकतर्फी जित निकालेको थियो ।
बिरगञ्जले भने मेची क्रिकेट क्लब झापालाई पाखा लगाउँदै दोस्रो सेमीफाइनलमा पुलिस क्लबसँगको भेट पक्का गरेको हो । बिराटनगर भने ग्रुप ए बाट यसअघिनै फाइनल पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया