इनरुवा। सुनसरी सदरमुकाम इनरुवा ५ बलाहामा शुभ दशैं सास्कृतिक साँझको तयारी लगभग पुरा भएको छ । आउदै गरेको नेपालिहरुको महान पर्व बडा दशैं,शुभ दिपावलि तथा छठ पर्वको पावन अबसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि वडा नं ५ को सहयोगमा सामुदायिक सिकाई केन्द्रको आयोजनामा यहि मिति २०७५ असोज ३१ गतेका दिन बलाहा स्थिीत चीउरा मिलको छेउ त्रिसुलि टोल अगाडि सास्कृतिक साँझको आयोजना गर्न लागेको हो।

करीब ४ लाखको लागतमा आयोजना हुने उत्त रमाइलो साँझ असोज ३१ गतेका दिन बेलुका साढे ५ बजेबाट सुरु हुनेछ ।यसैगरी उत्त चाड बाडको रमाइलो समयलाई थप रोचक  बनाउनका लागि लोकप्रिय तथा चर्चित गायक सुगम पोखरेल ,भरत सिटौला ,गिरिस खतिवडा , प्रविन प्रसाई, अफ रोड ब्याण्डले  प्रस्तुति दिने सक्रिय युवा सबिस पोखरेलले जानकारी दिनुभयो।

प्रत्येक वर्ष झै यस वर्ष पनि दशैं लाई रमाइलो बनाउन कार्यक्रम आयोजना गरिदिएकोमा अफुहरुले उक्त साँझलाई औला गनिगनि पर्खेर बसेको बलाहाका युवा,युवतिहरु बताउछन। यता चाडपर्वका बेला साँस्कृतिक साझमा हुन सक्ने  चोरी, डकैतीसँगै आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरिले समेत सुरक्षा दिने छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia