- मिकाइल आलम

इनरुवा। प्रदेश नम्बर १ का उद्योग,वन पर्यटन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियतले आफू कोशी बाढी पीडितको समस्या समाधान गर्न लागिपरेको बताएका छन् ।

कोशी गाउँपालीका क्षेत्रमा आयोजित दशैको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री कुशियतले सो कुरा बताएका हुन । २०६५ साल भदौ २ गतेको बाढी बाट आफू पनि प्रभावित भएकोले कोशी बाढी पीडितहरुले भोग्दै आएको समस्या समाधान गर्न केन्द्रित भएको बताए । विजयी दशमी,शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा कोशी गाउँपालीका ५ द्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा मन्त्री कुशियतले कानुन बिज्ञहरुसंग छलफल गरेर बाढी पीडितले पाउन बाकी रहेको काठ पाउनेमा आफू आशावादी रहेको बताए ।

उक्त कार्यक्रममा बोल्दै कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले प्रदेश र स्थानीय सरकार सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिए । कोशी गाउँपालीका वार्ड नम्बर ५ का अध्यक्ष शाह जमालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर १ का उद्योग,वन पर्यटन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियत रहेको थियोे । कोशी गाउँपालीकाकी उपाध्यक्ष अनितादेवी यादव,१ नम्बर वार्डका अध्यक्ष राजकुमार साह,३ नम्बरका अध्यक्ष सुलेमान मन्सुरी,अब्दुल वासे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम धर्मेन्द्र विश्वासले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia