- अमर काफ्ले


बिगत ७ वर्षदेखि दशैंमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको इनरुवा इभेन्ट म्यानेजमेन्टले यस वर्ष मङ्गोलियन हर्टलाई स्टेजमा उतार्दै छ । नेपाली सांगितिक क्षेत्रको ख्याती प्राप्त बैण्ड मङ्गोलियन हर्टको इनरुवामा प्रस्तुती पहिलो हो । मङ्गोलियन हर्ट यतिबेला आफ्नो २५ औं वर्ष मनाइरहेको छ । सो क्रममा नेपाल टुरमा निस्किएको राजु लामा सहितको टोलीले सांगितिक कार्यक्रम आयोजना गर्ने स्थानको सूचिमा इनरुवा समेत परेको हो ।

२५औं वर्षगाँठ मनाइरहँदा बैण्डले आफ्नो प्रस्तुती दिँदा लाग्ने शुल्कमा छुट दिएको छ । बैण्डको ब्यस्त सूचि र अधिकांशजसो समय बिदेशमा प्रस्तुतीका कारण महँगो मोलमा समेत यदाकदा बाहेक मङ्गोलियन हर्टलाई कार्यक्रममा सहभागि गराउन हम्मेहम्मे पर्ने गर्छ । इनरुवा इभेन्ट म्यानेजमेन्टले भने मङ्गोलियन हर्टको २५औं वर्षगाँठको अवसरमा बैण्डलाई इनरुवामा उभ्याएर जसोतसो सांगितिक साँझ आयोजना गर्न लागेको छ ।

असोज ३० गते फूलपातीका दिन साँझ महेन्द्रचौकमा आयोजना हुने मेघा रिदम इभ २०१८को तयारी पूरा भएको छ । कार्यक्रम संयोजक राकेश निरौलाका अनुसार सुन्दर साउण्ड सिस्टम धरानसँग कार्यक्रमकालागि साउण्ड सिस्टमको सम्झौता भएको छ । अर्ना बियर प्रायोजक रहेको सांगितिक कार्यक्रममा यस पटक भने दर्शककालागि टिकट अनिवार्य गरिएको छ । कार्यक्रम म्यानेजमेन्ट गर्न समस्या भएपछि १ सय २५ रुपैंया दरको टिकटको व्यवस्था गरिएको निरौलाले बताए । कार्यक्रममा इनरुवाको चिनारी सहितको डिजिटल डिसप्ले बोर्ड राखिनुकासाथै विभिन्न विधाका उत्कृष्ठ व्यक्तिहरुलाई सम्मान समेत गरिने आयोजक संस्थाका सचिव पिताम्बर ढुङगानाले जानकारी दिए ।

इनरुवा इभेन्ट म्यानेजमेन्टले महेन्द्रचौक केन्द्रीत रहेर २०६९ सालदेखि निरन्तर रुपमा दशैंको अवसरमा सांस्कृति कार्यक्रमको आयोजना गर्दै आएको छ । म्यानेजमेन्टले इनरुवामा दिपक बज्रचार्य, रेखा साह, mt8848,  सञ्जय श्रेष्ठ, रविन एण्ड द न्यू रिभोलुसन, मनोज गजुरेल, नविन के. भट्टराई सहित कुटुम्ब बैण्डको उपस्थिीमा दशैं सांगितिक कार्यक्रम अयोजना गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia