नेकपाका स्थायी कमिटि सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्यले दशैं लगत्तै प्रदेश नं १का सवै वडा तहसम्म नेकपाको कमिटि एकीकरण हुने बताउनु भएको छ । आइतवार इनरुवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता आचार्यले दशै लगतै प्रदेश तह देखि वार्ड तह सम्मका सवै पार्टी कमिटिहरु एकीकरण हुने बताउनु भएको हो । हाल पार्टी एकता पछि तल्लो तहमा पार्टीको कमिटि एकीकृत नहुँदा पार्टीका कामलाई जनताबिचमा लैजान समस्या देखिएकाले समेत स्थानीय कमिटिहरु छिट्टै समायोजन हुन जरुरी रहेको आचार्यको भनाई थियो ।


दशैंको अवसरका नेकपा इनरुवा नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान प्रदान तथा चियापान कार्यक्रममा नेकपा केन्द्रीय सदस्य धर्मराज निरौला, नेताहरु निर्मल बराल, डम्बर सुवेदी, मुक्साहाङ म्याङबो, पोष्टकुमार नेपाल, कालुराम गुरुङ, गोपी ढकाल लगायतका नेताहरुले शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia