सुनसरीको इनरुवामा अबेर राती सम्पन्न प्रथम मेयर कप रात्रिकालीन टि २० क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लब काठमाण्डौंले जितेको छ । फाइनल खेलमा पुलिस क्लब काठमाण्डौले बिराटनगरलाई ६ बिकेटले पराजित गर्दै उपाधी हात पारेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको बिराटनगरले निराशाजनक प्रर्दशन गरेको थियो । पुलिसको उत्कृष्ट बलिङका सामू निरिह देखिएका बिराटनगरका ब्याट्सम्यानहरुले सम्हालिएको प्रर्दशन गर्न सकेनन् र नियमित बिकेट गुमाउँदा निर्धारित ओभरपूर्व नै अलआउट हुन पुग्यो । १७ दशमलव ६ ओभरमा अलआउट भएको बिराटनगरले जितकालागि नेपाल पुलिससामू ८५ रनको झिनो लक्ष पेश गरेको थियो । सो लक्ष नेपाल पुलिस क्लब महाराजगञ्ज काठमाडौंले १६ दशमलव १ ओभर खेल्दै ४ विकेटको क्षतिमा भेटायो ।


पुलिसलाई जित हात पार्न भने १६ दशमलव १ ओभर कुर्नु पर्यो । कसिलो बलिङ गरेको बिराटनगरले पुलिसका खेलाडीलाई खुलेर खेल्न दिएन । यद्यपी झिनो रनको पिछा गरेको पुलिसले अमित श्रेष्ठको नटआउट ४८ रनको महत्वपूर्ण पारीमा जित निकाल्दै प्रथम मेयर कप रात्रिकालीन टि २० क्रिकेटको उपाधी चुम्यो । जितसँगै पुलिसले १ लाख ५१ हजार सहित ट्रफि हात पारेको छ भने उपबिजेतामा चित्त बुझाएको बिराटनगरले नगद ७५ हजार प्राप्त गरेको छ ।


खेलको बिजेता सहित उपबिजेता टिम र खेलाडीलाई प्रतियोगिताको मूख्य प्रायोजक इनरुवा नगरपालिकाका मेयर राजन मेहतासँगै कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारी र सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले सहित आयोजक फुलबारी क्रिकेट क्लब इनरुवाका अध्यक्ष शिब यादवले शिल्ड तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो । फाइनल खेल हेर्न इनरुवा खेल मैदानमा राती उपस्थित दर्शक संख्या इनरुवा सहित आसपास आयोजित कुनैपनि प्रतियोगिताकालागि सबैभन्दा बाक्लो थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia