काठमाडौँ । नेपाल र मलेसियाबीच दुई पक्षीय श्रम समझदारी कार्तिक १२ मा हस्ताक्षर हुने भएको छ । श्रम मन्त्रालयका सचिव महेश प्रसाद दाहालका अनुसार समझादारीमा हस्ताक्षर गर्न मलेसियाका मान संसाधनमन्त्री कुला सेघरान आउनेछन् । यो समझदारी वैदेशिक रोजकारीको इतिहासमा कोसेढुंगा हुने दाहालले बताए ।

नेपालले जेठ २ देखि मलेसिया रोजगारीमा रोक लगाएको छ । श्रम समझदारी लगत्तै केही प्राविधिक विषय टुंगिएपछि फुकुवा गरिने मन्त्रालयले जनाएको छ । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia