इनरुवा। नेपालीहरुको प्रमुख चाड दशैं तिहार र छठको उपलक्ष्यमा  कम्प्युटर एशोसियसन नेपाल (क्यान)महासंघ सुनसरीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । क्यान महासंघ सुनसरीले अायाेजना गरेकाे उक्त कार्यक्रम क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारीकाे अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बाेल्दै अध्यक्ष भण्डारीले क्यान महासंघका सदस्यहरूकाे एक अापसबिच अात्मियता बढाेस् भन्ने उदेश्यका साथ शुभकामना आदान प्रदान कार्यक्रम अायाेजना गरिएकाे बताए ।

इटहरी स्थित गंगा जमुना हाेटलमा सम्पन्न उक्त  कार्यक्रममा क्यान महासंघका केन्द्रीय सदस्य ठाकुरकुमार श्रेष्ठ, क्यान महासंघका पूर्व केन्द्रीय सदस्य रामकुमार रार्इ , क्यान सुनसरी संस्थापक अध्यक्ष कमल तिम्सिना लगायत सदस्यहरूकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रम क्यान सुनसरी उपाधक्ष्य सन्देश रार्इकाे संयोजकतामा सम्पन्न भएकाे थियाे ।

तपाईको प्रतिक्रिया