- मिकाइल आलम
इनरुवा । कोशी गाउँपालीका ४ स्थित रहेको कोशी कटान शिव चौकमा जनप्रतिनिधिहरुले सरसफाइ गरेका छन् । मंगलवार बिहान कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी सहितका जनप्रतिनिधि तथा स्थानीय सरसफाइ तथा व्यवस्थापन समिति कोशी गाउँपालीका ४ का सदस्यहरुले कोशी कटान क्षेत्रमा सरसफाइ गरेको हो ।
दशैको अवसरमा गाउँपालीका क्षेत्रका जनप्रतिनिधि,सरसफाइ कार्यदलका सदस्य,राजनीतिज्ञ,सुरक्षाकर्मी,स्थानीय लगायतको सक्रियतामा आयोजित सरसफाइ कार्यक्रममा उनीहरूले बजार क्षेत्रमा भएको फोहोर संकलन गरेको स्थानीय बिधानन्द यादवले बताए । आफ्नो ठाँउमा आफै फ़ोहोर संकलन गर्न उत्प्रेरित गर्ने उद्देश्यले समय समयमा गाउँपालीका तथा वार्ड कार्यालयले सरसफाइको कार्यक्रम गर्दै आएको जनाएको छ ।
सरसफाइ कार्यक्रम पछि कोशी कटान क्षेत्रमा निर्माण गरिएको सार्वजनिक शौचालयको समेत उद्घाटन गरिएको छ । नेकपाका तथा पन्चानारायण मण्डलको अध्यक्षतामा निर्माण भएको सार्वजनिक शौचालयको सुनसरी प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी,सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारी, वार्ड नम्बर ४ की महिला सदस्य तथा कार्यपालिका सदस्य अमना खातुन सहितकाले संयुक्त रूपमा गरेका थिए । सरसफाइ तथा सार्वजनिक शौचालय उद्घाटन कार्यक्रममा समाजसेवी हजरत हुसेन,सकलदेव यादव,वार्ड नम्बर ४ का अध्यक्ष अमीन नेपाली,देवनारायण मुखिया लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया